१२ बैशाख २०८१, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टीकाे महामन्त्रीमा शरदराज पाठक पनि थपिए,४० केन्द्रीय सदस्य मनाेनित

प्रकाशित मिति :  22 December, 2022 1:59 pm


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महामन्त्रीमा शरदराज पाठकलाई मनोनीत गरेको छ ।

रवीन्द्र मिश्र समूहबाट आएकालाई जिम्मेवारी तोक्दै महामन्त्रीमा पाठकसहित ४० केन्द्रीय सदस्य मनोनित भएका हुन् । सहमहामन्त्रीमा उज्वलकृष्ण श्रेष्ठ र अमृत पुडासैनी मनोनीत भएका छन् भने सहायक महामन्त्रीमा हरिकृष्ण अधिकारी र सौरेन्द्रबहादुर शाह मनोनीत भएको राप्रपाले जनाएको छ।

पाठकसँगै राप्रपामा ६ जना महामन्त्री भएका छन् । यसअघि नै ५ जना महामन्त्री थिए । गत असोज १२ मा राप्रपा र मिश्र नेतृत्वको पार्टीबीच एकता भएको थियो ।

मिश्र समूहबाट केन्द्रीय कार्यसम्पादन समितिमा निरूपमा यादव, शोभा शाक्य, अनुपमान सैँजु, कर्ण बहादुर शाही, नारायण कोइराला, शरदराज पाठक, रवीन्द्र मिश्र मनोनीत भएका छन्।

केन्द्रीय सदस्यमा मनोनित हुनेमा अर्जुनप्रसाद खनाल, हरिप्रसाद गौतम, उद्धवप्रसाद भेटवाल, घनबहादुर शाह, चोकराज घिमिरे, जयप्रकाश गुरागाईं, दीपकप्रसाद उप्रेती छन् ।

त्यस्तै मधुसुदन केसी, रञ्जन कार्की, रोशन शिवाकोटी, लक्ष्मणराज सिटौला, सुशील देवकोटा, दिनेश भण्डारी, माधव भण्डारी, पशुपति पाण्डे, शान्ता गिरी पनि केन्द्रीय सदस्य भएका छन् ।

लक्ष्मी घिमिरे, वसन्ती ज्ञवाली, विना शाह, विपना शर्मा, सरस्वती पन्थी भुषाल, सुशीला अधिकारी केसी, संगीता श्रेष्ठ, राजु बस्याल केन्द्रीय सदस्यमा मनोनीत भएका राप्रपाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !