२१ बैशाख २०८१, शुक्रबार

दशौं संस्करणकाे नेपाल लिटरेचर फेस्टिभल पाेखरामा सुरू

प्रकाशित मिति :  22 December, 2022 2:50 pm


कास्की । दशौं संस्करणकाे नेपाल लिटरेचर फेस्टिभल पाेखरामा सुरू भएकाे छ । पोखरास्थित फेवातालको किनारमा सुरू साहित्यिक महोत्सव पुस ११ गतेसम्म चल्नेछ ।

महोत्सवको उद्घाटन कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेस्टिभललाई सफल बनाउन पोखरेलीले पनि अपनत्व लिनुपर्ने बताए । महोत्सवले पोखराको पर्यटन प्रर्वद्धनमा ठूलो भूमिका खेलेको उनकाे भनाइ थियाे ।

बिहीबारदेखि औपचारिक उद्घाटन भए पनि बुधबार साँझ गायक तथा संगीतकार उज्ज्वल सागर र कवि नवराज पराजुलीले काव्यिक संगीत प्रस्तुति राखेका थिए । फेस्टिभलको सहआयोजक गण्डकी प्रज्ञा प्रतिष्ठान, प्रवद्र्धक पोखरा महानगरपालिका छ ।

उद्घाटन सत्रमा डा. अच्युत वाग्लेले विद्वत्प्रवचन दिएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, नेपाल लिटरेचर फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारी लगायतले स्वागत मन्तव्य राखेका थिए ।

फेस्टिभलको ५५ वटा बढी छलफलमा सहभागी हुन देश विदेशबाट २ सय जनाभन्दा बढी पोखरा आउने कार्यक्रम छ।

सन् २०११ मा काठमाडौंबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुन थालेको हो ।



प्रतिक्रिया दिनुहोस !