८ पुस २०८२, मंगलबार

अर्घाखाँचीमा मङ्सिर महिनामा मात्र राहदानी बापत रु. ३७ लाख ५० हजार राजस्व संकलन

प्रकाशित मिति :  22 December, 2022 2:54 pm


काठमाडौं । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले मङ्सिर महिनामा मात्र राहदानी बापत ३७ लाख ५० हजार राजस्व संकलन गरेको छ ।

प्रशासन कार्यालय अर्घाखाँचीका अनुसार सामान्य र द्रुत सेवा सिफारिस बापत ३७ लाख ५० हजार बराबरको राजस्व सङ्कलन भएको हो । कार्यालयले मंसिर महिनामा मात्र ६ सय नब्बे सामान्य सिफारिस र ६१ द्रुत सेवा सिफारिस अन्तर्गत गरि ७ सय ५१ वटा राहदानी सिफारिस गरेको छ ।

१ सय ५१ वटा राहदानी बितरण गरेको जिल्ला प्रशासन कार्यालका प्रशासन अधिकृत नुमलाल पन्तिले जानकारी दिए ।

यस्तै हालसम्म जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले ३ हजार ५ सय ३१ सामान्य सिफारिस र ३ सय ७७ द्रुत सेवा सिफारिस गरि ३ हजार नौ सय आठ वटा राहदानी सिफारिस गरेको छ ।

सो सिफारिस बापत हालसम्म १ करोड ८० लाख ६० हजार राजस्व संकलन गरेको छ यस्तै कार्यालयले मंसिर महिनामा मात्र वंशजका आधारमा ५ सय ६३ जना र वैवाहिक अंगिकृतका आधारमा ४ जनालाई नागरिकता वितरण गरेको छ ।



प्रतिक्रिया दिनुहोस !