चार्ल्स शोभराजलाई आजै फ्रान्स डिपोर्ट गरिने
प्रकाशित मिति : 23 December, 2022 3:43 pm
काठमाडौं । १९ वर्षदेखि नेपाली जेलमा रहेका चार्ल्स शोभराजलाई आज साँझ नै फ्रान्स डिपोर्ट गरिने भएको छ । सर्वोच्च अदालतको आदेशपछि कैदमुक्त भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज आजै स्वदेश फर्कने भएका छन् ।
आज साझँ ६ बजे कतार एअरवेजको जहाजबाट दोहा हुँदै पेरिस जान लागेको शोभराजका वकिल गोपाल शिवाकोटीले बताए । शोभराजले ४७ वर्षअघि काठमाडौं र भक्तपुरमा अमेरिकी र क्यानडेली नागरिकको हत्या गरेको अभियोगमा १९ वर्षदेखि कैद काटिरहेका छन्।
१९ वर्ष जेलमा बसिसकेको, मुटुरोगी भएको र ७८ वर्षका वृद्ध भइसकेको र मानवअधिकारको मापदण्ड विपरित कैदभित्र पनि एकान्तवासमा राखिएको भन्दै अदालतले बुधवार छोड्न आदेश दिएको थियो ।








