अवस्था ठिक नभएका १८ वटा सवारीका चालक कारवाहीमा
काठमाडौँ । काठमाडौँको किर्तीपुरमा शुक्रबार गरिएको सवारी साधनको यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका १८ वटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एंव प्रहरी बरीष्ठ उपरिक्षक राजेन्द्र प्रसाद भट्टका अनुसार दक्ष तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको १०७ वटा सवारी साधन चेकजाँचका क्रममा हेण्डब्रेक नभएका, लाईटहरु दुरुस्त नभएका, टायर धेरै घिस्रिएका लगायत अवस्था ठिक नभएका सवारी साधनलाई कारवाही गरिएको हो ।
अवस्था ठिक नभएको सवारी साधन चलाउँदा यात्रुको जीवन जोखिममा पर्न सक्ने र सवारी दुर्घटना पनि बढ्ने भएकाले संभावित जोखिम कम गर्नको लागी सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली आज काठमाडौँको किर्तीपुर क्षेत्रमा खटिएको थियो ।








