२३ बैशाख २०८१, आइतबार

आज क्रिसमस डे संसारभर मनाइदै, नेपालमा पनि सार्वजनिक बिदा

प्रकाशित मिति :  25 December, 2022 8:41 am


काठमाडाैँ । आज डिसेम्बर २५, क्रिसमस डे संसारभरका क्रिश्चियन धर्माबलम्बीहरूले मनाउदैछन् । जिसस क्राइस्ट अर्थात् येशु ख्रिष्टको जन्मदिनको अवसरमा हरेक वर्ष दिवस मनाउँदै आइएकाे छ ।

नेपालमा पनि दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाे छ । सनिवार बेलुका देखि नै नेपालका विभिन्न स्थानमा क्रिसमन इभ मनाउदै क्रिसमस डेकाे स्वागत गरिएकाे छ ।

जिसस क्राइस्टले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसका अवसरमा काठमाडौंको, ललितपुर, भक्तपुर, पोखरासमेतका स्थानमा विशेष रौनकताकासाथ मनाइने गरिन्छ ।

क्रिसमस इभका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी र सेरबहादुर देउवाले चाडवाडले समाजमा आपसी सम्बन्ध विस्तारमा सहयाेग पुग्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !