२३ बैशाख २०८१, आइतबार

लागुऔषध सेवन गरी सवारी साधन चलाउने सात चालक कारबाहीमा

प्रकाशित मिति :  25 December, 2022 11:56 am


काठमाडौँ । लागुऔषध सेवन गरी सवारी साधन चलाउने सात जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले शनिबार गरेको विशेष चेकिङमा सात जनालाई कारबाही गरेको प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले जानकारी दिए।

कार्यालयले लागुऔषध नियन्त्रण ब्युरो कोटश्वर र प्रहरी वृत्त जगातीको संयुक्त टोली उनीहरूलाई कारबाही गरेको हो। ५ जना मोटरसाइकल चालक, एक जना स्कुटर चालक र एक जना ट्याक्सी चालक गरी ७ जना चालक कारबाहीमा परेका हुन्।

पक्राउ परेका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा राखिएको प्रवक्ता एसएसपी भट्टले बताए।

प्राविधिक टोलीले टिएचसी किटको प्रयोग गरी चेकिङ गरेको थियो। लागु औषध सेवन गरी चलाएरनचलाएको चेक गर्न यो किटको प्रयोग गरिएको हो।



प्रतिक्रिया दिनुहोस !