२३ बैशाख २०८१, आइतबार

नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा मानन्धर विजयी

प्रकाशित मिति :  25 December, 2022 4:07 pm


काठमाडौँ । वीरगञ्जमा सम्पन्न नेपाल जेसीजको ४९औँ महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा विकाश मानन्धर विजयी भएका छन् । महाधिवेशनमा अध्यक्ष पदका लागि पाँच उम्मेदवार रहेकामा एक जना उम्मेदवार अनिलबहादुर शाही ककस कार्यक्रममा अनुपस्थित भएकाले उनको उम्मेदवारी रद्द भयो भने निर्वाचनबाट मानन्धर विजयी भएका हुन् ।

मानन्धर पाँच सय ९५ मत प्राप्त गरी विजयी भए भने उनका निकटम प्रतिद्वन्द्वी रविन पोखरेलले दुई सय ९७ मत ल्याए । मानन्धर आफ्ना तीन जना प्रतिद्वन्द्वी पोखरेल, सुमन श्रेष्ठ र दीपेन्द्र निरौलालाई पछाडि पार्दै विजयी भए ।

यस्तै एक हजार दुई सय ५० मतदाता रहेको नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा चार पदका लागि नौ जना उम्मेदवार रहेकामा जीवनबहादुर कार्की, कुमारसिंह सान्वा लिम्बू, रजनी थापा र रश्मी बस्नेत विजयी भए । उपाध्यक्षमा उम्मेदवार महेशचन्द्र ओझा, समप्रसाद पाण्डे, सुजन बरुवाल, कञ्चन झा र सन्दीप अग्रहरि पराजित भए ।

यसैगरी १२ उपाध्यक्षका लागि १९ जना प्रतिस्पर्धामा रहेकामा भीमबहादुर कुँवर, वीरबहादुर भगत, सरोज अधिकारी, गुरुदेव पौडेल, राजाराम गौतम, अनुप सुनुवार, तेजप्रसाद उप्रेती, चिरञ्जीवी शर्मा, चन्द्रमणि भुसाल, सोनु श्रेष्ठ, राधिका भुसाल र स्वस्तिका आचार्य विजयी भए ।

महाधिवेशनबाट एक अध्यक्ष, चार कार्यकारिणी उपाध्यक्ष र १२ उपाध्यक्ष गरी १७ पदका लागि शनिबार मतदान भएको थियो ।रासस



प्रतिक्रिया दिनुहोस !