२३ बैशाख २०८१, आइतबार

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

प्रकाशित मिति :  25 December, 2022 6:33 pm


काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् ।

नेकपा एमालेसहित प्रतिनिधिसभाका १६९ सांसदको समर्थनमा प्रचण्डलाई संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, नागरिक उन्मुक्ति पार्टीका ४ सांसदले समर्थन गरेका छन् ।

यस्तै स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रचण्डलाई समर्थन गरेका छन् ।

२०६५ साल साउनमा प्रचण्ड पहिलो कार्यकालका लागि प्रधानमन्त्री बनेका थिए ।

प्रधानसेनापति रुक्माङ्गद कटवाल प्रकरणमा राष्ट्रपतिले सरकारको निर्णय उल्ट्याइदिएपछि प्रचण्डले राजीनामा गरेका थिए । दोस्रो पटक २०७३ साल साउन १७ गते प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस !