पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक जारी
प्रकाशित मिति : 26 December, 2022 10:14 am
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पेरिसडाँडामा सुरू भएको छ ।
आइतबार पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि माओवादीले पाउने मन्त्रालय र ती मन्त्रालय सम्हाल्ने मन्त्रीहरुबारे छलफलका लागि नेकपा माओवादी केन्द्रले पदाधिकारि बैठक बोलाएको हो ।
अध्यक्ष प्रचण्डले आज अपराह्न चार बजे केही मन्त्रीहरुसहित पद तथा गोपनीयताको शपथग्रहणको लिने भएका छन् । उनलाई एमाले, माओवादी, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति र जनमतसमेत ७ दल र स्वतन्त्र गरी १७० सांसदको समर्थन छ ।








