प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाकमा शपथ लिने
प्रकाशित मिति : 26 December, 2022 10:37 am
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ खाँदै छन् ।
दाहालले राष्ट्रिय पोसाक (दौरा–सुरुवाल) मा शपथ लिने तयारी रहेको उनको सचिवालयले जनाएको छ । तेस्रो पटक प्रधानमन्त्री बनेका उनले यसअघि टाइ-सुटमा शपथ लिएका थिए ।
खुमलटार स्रोतका अनुसार प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पोसाकमा शपथ लिन सुझाव दिएका थिए ।
प्रचण्डले आज अपरान्ह ४ बजे शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिँदैछन् । नयाँ गठबन्धन बनाउँदै प्रचण्ड आइतबार प्रधानमन्त्री नियुक्त भएका थिए।








