८ पुस २०८२, मंगलबार

बुटवलका डीएसपी ठगबहादुर केसी ३५ तोला सुन र २५ लाख रुपैयाँ सहित पक्राउ

प्रकाशित मिति :  26 December, 2022 11:59 am


बुटवल । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईले केसीलाई आइतबार साँझ घरबाटै पक्राउ गरिएको पुष्टि गरे।

सुन कारोबारसम्बन्धी मुद्दामा असुली गरेको भन्ने सूचना आएपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा सीआईबीको टोलीलाई बुटबल पठाएको थियो । उक्त टोलीले केसीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो।

अनुसन्धानबाट प्रहरीले केसीको साथबाट ३५ तोला सुन र २५ लाख रुपैयाँ बरामद गरेको छ । व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर २५ लाख रुपैयाँ बुझाउँदा पनि सुन फिर्ता नभएपछि व्यापारीले प्रहरीलाई खबर गरेका थिए।



प्रतिक्रिया दिनुहोस !