सुनचाँदीको मूल्य स्थिर
प्रकाशित मिति : 26 December, 2022 12:12 pm
काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आइतबार एक लाख ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार हुने जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख रहेको छ । आइतबार पनि तेजावी सुन सोही मूल्यमानै कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघको जानकारी अनुसार आइबार १३९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही सोही मूल्यमा नै कारोबार हुने जनाएको छ ।








