२० मंसिर २०८२, शनिबार

डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न गृहमन्त्रालयमा सिफारिस

प्रकाशित मिति :  27 December, 2022 2:36 pm


बुटबल । सुन व्यवसायीसँग घुस रकम लिएको आरोप लागेका इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालले उनलाई निलम्बन गर्न गृहमन्त्रालयसमक्ष सिफारिस गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) टेकप्रसाद राईले नेपाल प्रेसलाई बताए ।

केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अनुसन्धान गरेको थियो ।

सीआईबीको टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको थियो । केसीको निवासबाट ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएको छ ।



प्रतिक्रिया दिनुहोस !