१२ बैशाख २०८१, बुधबार

बालुवाटार छोडेर भाडाको घरमा सरे पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा

प्रकाशित मिति :  28 December, 2022 1:03 pm


काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भाडाको घरमा सरेका छन् । प्रधानमन्त्रीबाट पदमुक्त भएको ३ दिनपछि बल्ल प्रधानमन्त्री निवास बालुवाटा छाडेर धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन् ।

बुढानीलकण्ठस्थित देउवाको निजी निवासमा हाल निर्माण कार्य भइरहेकाले उनी भाडाको घरमा सरेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

‘बुढानीलकण्ठको घर निर्माण सकिन अझै ३,४ महिना लाग्छ, तत्काल निजी निवासमा सर्न सम्भव छैन । त्यसैले अहिलेका लागि भाडाको घर खोजिएको हो’, उनले भने ।

१० पुसमा नै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा पदमुक्त भएका थिए ।



प्रतिक्रिया दिनुहोस !