गण्डकी प्रदेश सभाका सांसदहरुको शपथ ग्रहण आज
प्रकाशित मिति : 29 December, 2022 8:11 am
पोखरा । गण्डकीका प्रदेश सभा सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । प्रदेश सचिवालयका अनुसार आज दिउँसो १ बजे शपथ ग्रहण हुनेछ ।
प्रदेश सभाका ज्येष्ठ सदस्य मित्रलाल बस्यालले शपथ ग्रहण गराउने छन् । बस्याल पर्वतको प्रदेश सभा २ बाट नेकपा एमाले तर्फबाट निर्वाचित भएका थिए । उनलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले बुधबारै शपथ ग्रहण गराएका थिए ।
६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ ।








