१६ चैत्र २०८०, शुक्रबार

आन्ध्र प्रदेशका पूर्व मुख्यमन्त्री नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा ७ जनाको मृत्यु

प्रकाशित मिति :  29 December, 2022 8:30 am


काठमाडौं । आन्ध्र प्रदेशको नेल्लोर जिल्लामा राज्यका पूर्वमुख्यमन्त्री चन्द्रबाबु नायडुको राजनीतिक अभियानका क्रममा भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ । उक्त भागदौडमा तेलुगु देशम पार्टीका सात जना कार्यकर्ताको मृत्यु भएको छ।

बुधबार साँझमा नायडुको गाडि उक्त क्षेत्रबाट गुडिरहेका बेला भीड सुरु भएको थियो । ठूलो भीड नेतालाई भेट्न अगाडि बढ्ने क्रममा भागदौड मच्चिएको थियो ।

स्थानीय अधिकारीहरूले धेरै जना खुला नालीमा खसेको र ७ जनाको मृत्यु भएको बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटना लगत्तै बैठक रद्द भएको थियो ।

नायडुले मृतकका परिवारलाई १० लाख भारतीय रुपयाँ आर्थिक सहायता दिने घोषणा गरेका छन् । उनले आफ्ना पार्टीका नेताहरुलाई घाइतेहरूको राम्रो उपचारको व्यवस्था गर्न समेत आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !