सत्ता गठबन्धनको बैठक बस्दै
काठमाडोैं । सत्ता गठबन्धनको बठैक आज दिउँसो बालुवाटारमा बस्ने भएको छ । मन्त्रिपरिषद विस्तारका सन्दर्भमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।
बैठकमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरू, मुख्यमन्त्रीहरू, मन्त्रालयहरू कुन दलले के लिने र कति लिने भन्नेबारे छलफल गरेर भागबन्डा गर्ने तयारी छ।
पुष ११ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । पुस ११ गते प्रधानमन्त्रीसहित माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनमत पार्टी बाट ७ मन्त्रीले सपथ लिएका थिए ।
माओवादी केन्द्र, एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाउन समर्थन गरेका थिए। यी दलका शीर्ष नेता सहभागी हुने गरी आज गठबन्धन बैठक बस्न लागेको हो ।








