२ पुस २०८२, बुधबार

टाटाका नक्कली पार्ट पुर्जा बेच्ने न्यू प्रकाश अटो ट्रेडर्सका सञ्चालक नियन्त्रणमा

प्रकाशित मिति :  29 December, 2022 11:17 am


काठमाडौँ । नेपाल प्रहरीले बुधबार काठमाडौँको ढुङ्गेअड्डा स्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारी पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ ।

रौनियारले लामो समय देखि भारतबाट अवैध रुपमा नक्कली पार्टस्हरु झिकाई बिक्री वितरण गर्दै आइरहेको जनगुनासो ब्यापक रुपमा आएपछि सो न्यू प्रकाश अटो ट्रेडर्समा प्रहरीले छापा मारी पसलका सञ्चालकलाई अनुसन्धानका निमित्त नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा रौनियारले टाटाका नक्कली पार्टस् बिक्री वितरण गरेको पाइएको र आगामी दिनमा त्यस्ता कार्य नगर्ने गरी सहमती पत्रमा हस्ताक्षर गरी एक पटकलाई सचेत गराई छाडिएको प्रहरीले जनाएको छ ।

देशभरी अन्य अटो ट्रेडर्सहरुले पनि यस्ता खालका कारोबारमा संलग्न भएको कुरा रौनियारले बताएका छन् । प्रहरीले अन्य संकास्पद स्थानहरुमा पनि खोजी तथा अनुसन्धान गरी आगामी दिनहरुमा यस्ता कार्यलाई नियन्त्रण गरिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !