१४ बैशाख २०८१, शुक्रबार

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन

प्रकाशित मिति :  29 December, 2022 1:51 pm


काठमाडौँ । एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत चयन भएका छन्। बिहीबार हेटौँडामा एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले थपलियालाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

चितवन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित थपलिया एमालेको केन्द्रीय सदस्य पनि हुन् ।

उनी यसअघि तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको राजनीतिक सल्लाहकारसमेत रहेका थिए। बाग्मती सरकारको नेतृत्व एमालेले पाउँदा मुख्यमन्त्री थपलिया हुने पक्का भएको छ ।



प्रतिक्रिया दिनुहोस !