गण्डकी प्रदेशका सांसदले लिए पद तथा गोपनीयताको सपथ
प्रकाशित मिति : 29 December, 2022 2:15 pm
काठमाडौं । गण्डकी प्रदेशसभाका नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार पोखरा नदीपुरस्थित प्रदेशसभामा ६० जना सांसदले सपथ ग्रहण गरेका हुन् ।जसमध्ये तीन जना सांसदले भने आफ्नो जातीय भाषामा सपथ लिएको संसद सचिवालयले जनाएको छ ।
शपथ ग्रहण समारोहमा सांसदहरु निर्वाचन आयोगले दिएको निर्वाचित भएको प्रमाणपत्र सहित राष्ट्रिय पोशाक वा जातीय पहिचान झल्किने पोशाकमा उपस्थित भएका थिए ।
ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सांसदहरूले सपथ गराएका हुन् । बस्यालले बुधबार प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट सपथ लिएका थिए । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसको २७, नेकपा एमालेको २२, नेकपा माओवादी केन्द्रको ८, राप्रपाको २ र एकीकृत समाजवादीको एक सिट छ ।
प्रदेशसभाको पहिलो बैठक पुस १८ गते ३ बजे बस्ने संसद सचिवालयले जानकारी दिएको छ । ।








