२० मंसिर २०८२, शनिबार

घुस लिएको आरोपमा पक्राउ परेका डीएसपी ठगबहादुर केसी निलम्बित

प्रकाशित मिति :  29 December, 2022 5:11 pm


काठमाडौं । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा पक्राउ परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसी निलम्बित भएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालको सफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको स्रोतले बताएको छ ।

केसीलाई निलम्बनका लागि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको थियो भने प्रधान कार्यालयले गृह मन्त्रालयमा सिफारिस गरेको थियो ।

केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।

उनको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।



प्रतिक्रिया दिनुहोस !