९ पुस २०८२, बुधबार

निर्मला कुर्मी र नन्कुन्नी धोबीको न्यायका लागि तेस्रो चरणको धर्ना

प्रकाशित मिति :  30 December, 2022 1:23 pm


काठमाडौं । बाँकेकी निर्मला कुर्मी र नन्कुन्नी धोबीलाई न्याय नदिएको भन्दै अधिकारकर्मी रुवी खानसहितको समूहले काठमाडौंको माइतीघरमा तेस्रो चरणको धर्ना थालेका छन् ।

उनीहरुले ४ बुँदे मागसहित उनीहरुले काठमााडौंको माईतीघरमा धर्ना शुरु गरेका हुन् ।

निर्मला कुर्मी हत्याको घटनामा न्यायिक आयोग गठन गर्नुपर्ने, न्यायिक आयोगमार्फत कुर्मीको तमसुकमा भएको सहीछाप चेक गरिनुपर्ने, मुद्दालाई अदालतसम्म पुर्‍याइनुपर्ने र महिला आन्दोलनकारीको सुरक्षाको प्रत्याभूति गराउनुपर्ने मागसहित तेस्रो चरणको आन्दोलन शुरु गरेको अधिकारर्मी रुबी खानले बताइन्र ।

उनले निर्मला र नन्कुन्नी न्यायका लागि राज्यबाट आवश्यक काम हुन नसकेको बताइन् ।

उनले सरकारले पटक–पटक घटनाको सत्यतथ्य छानबिन गर्ने भन्दै प्रतिवद्धता जनाए पनि कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाइन्उर ।

सरकारले आन्दोलनकारीहरुसँग दुई पटक वार्ता गरेको तर पनि मुद्दा अदालतसम्म पुर्‍याउन नसकेको खानको भनार्इ थियो । उनले प्रहरीले नै अपराधीको रक्षा गरिरहेको भन्दै आपत्ति जनाइन् ।

उनले भनिन्,“निर्मला कुर्मीको न्यायका लागि तेस्रो चरणको आन्दोलन लिएर आएका छौँ । पहिलो चरणमा २० दिनको पैदल यात्रा गरेर काठमाडौं आयौँ, दोस्रो चरणमा ४२ दिनसम्म आन्दोलनमा बस्यौँ । तेस्रो चरणमा आजबाट आन्दोलनमा छौँ । सम्पतीको लागि नै उहाँलाई बन्धक बनाएर राखियो, यातना दिइयो र हत्या गरियो । तर अहिलेसम्म सरकारले आन्दोलनकारी महिलासँग २ पटक वार्ता गरेको छ, तर अदालतसम्म मुद्दा पुगेको छैन, अनुसन्धान गरेका छौँ मात्रै भनेको छ, प्रहरीले नै प्रमणहरु नष्ट गरेको छ ।”

घटनापछि न्यायको माग गर्दै पहिलोपटक उनीहरु नेपालगञ्जबाट २० दिनको पैदला यात्रा गर्दै काठमाडौं आएका थिए ।

उनीहरूले माईतीरघरमा १९ दिन धर्ना दिएका थिए । गृह मन्त्रालयले घटनाको छानबिन गर्ने प्रतिवद्धता जनाएपछि उनीहरुले धर्ना तोडेका थिए । त्यसपछि उनीहरुले दोस्रो पटकमा ४२ दिनसम्म आन्दोलन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !