१२ श्रावण २०८१, शनिबार

लकडाउनको अवधि बैशाख ३ गतेसम्म लम्बियो

प्रकाशित मिति :  6 April, 2020 4:54 pm


काठमाण्डौं, २४ चैत ।

सरकारले लकडाउनको अवधि लम्ब्याउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रीपरिषद् बैठकले दुइहप्तादेखि जारी लकडाउनलाई बैशाख ३ गतेसम्म लब्याउने निर्णय गरेको हो । अन्तराष्ट्रिय उडान समेत सरकारले बैशाख ३ गतेसम्म नखोल्ने निर्णय गरेको छ ।

दोस्रो पटक थपिएको लकडाउन भोली सकिदैछ ।

कोरोना संक्रमित व्यक्तिहरु थप भेटिन थालेपछि सरकारले लकडाउन कडा गर्दै समय पनि लम्बिाएको हो ।

चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको सरकारले दोस्रो पटक चैत १७ गते चैत २५ सम्मलाई लम्बाउने निर्णय गरेको थियो ।

स्थानीय तहमा समेत संक्रमित भेटिन थालेपछि आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधि थप्ने निर्णय गरेको हो ।

कोरोना संक्रमण दोस्रो चरणमा पार गरेको घोषणा गर्दै सरकारले यसअघि नै एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा जान समेत रोक लगाउने निर्णय गरिसकेको छ ।

अहिलेसम्म नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् जसमध्य एक जना निको भएर घर फर्किसकेका छन् र ८ जना उपचाररत छन् ।
८ जना विदेशबाट आएका हुन भने १ महिला नेपालमै संक्रमित भएकी हुन् ।



प्रतिक्रिया दिनुहोस !