६ बैशाख २०८१, बिहिबार

अङ्ग्रेजी वर्ष २०२३ प्रारम्भ

प्रकाशित मिति :  1 January, 2023 8:59 am


काठमाडौं । आजदेखि अङ्ग्रेजी वर्ष २०२३ प्रारम्भ भएको छ । ग्रेगोरियन क्यालेन्डर अनुसार २०२२ लाई बिदाइ गर्दै २०२३ सुरु भएको हो।

अङग्रेजी नयाँ वर्षमा विश्वभरका मानिसहरु एक आपसमा शुभकामना साटासाट गरी नयाँ वर्ष २०२३ लाई उमङ्गका साथ मनाइरहेको छन् । यशु खिष्टको निधन पछि उनका अनुयायीहरुले यो संवतको प्रचलन शुरु गरेका थिए ।

नेपालमा यो संवत् मनाउने प्रचलन नभए पनि नेपालमा भ्रमणमा आउने विदेशी पर्यटकले भने मनाउने गरेका छन् । काठमाडौंको ठमेल, पोखरा, धरान लगायतका पर्यटकी क्षेत्रमा अङग्रेजी नयाँ वर्षका मनाउन नेपाल आउने विदेशी पर्यटकको भीड हुने गरेको छ ।



प्रतिक्रिया दिनुहोस !