९ पुस २०८२, बुधबार

झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति :  1 January, 2023 9:16 am


झापा । झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो।

गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो। हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्।सोही क्रममा हात्तीले आक्रमण गरेपछि उनी गम्भीर घाइते भएकी थिइन् । उनको उपचारका क्रमका मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमणबाट उनका श्रीमान शान्तिराम भण्डारी पनि घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !