अर्घाखाँचीको शितगंगामा एक महिला मृत अवस्थामा फेला
प्रकाशित मिति : 1 January, 2023 6:02 pm
अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका १० सिद्धारामा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
शितगंगा नगरपालिका १० सिद्धाराको बहखोरमा ६० वर्षीया राधा थापा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक होमनाथ रेग्मी जानकारी दिए ।
रेग्मीका अनुसार सिद्धाराबाट बहखोरमा बिहान दूध लिन गएकी थापा बहखोर नजिकैको खोल्सीमा मृत भेटिएको थिइन् । घटनाबारे अनुसन्धान भइरहेको रेग्मीको भनाइ छ ।








