एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक बस्दै
प्रकाशित मिति : 2 January, 2023 9:29 am
काठमाडौं । नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज बस्ने भएको छ ।
नेकपा एमालेसहित ७ दलको समर्थनमा बनेको सरकारमा जाने वा नजाने भन्ने विषयमा नेकपा एकीकृत समाजवादीको बैठक बिहान ११ बजे बस्ने भएको हो ।
एकीकृत समाजवादीले शनिबार र आइतबार स्थायी कमिटी बैठकमा तत्काल सरकारमा जाने वा नजाने विषयमा कुनै निर्णय लिन नसकेपछि आजका लागि बैठक बोलाइएको हो । एकीकृत समाजवादीमा अहिलेको सरकारलाई समर्थन गर्ने वा नगर्नेमा दुई धार देखिएको छ।








