१० पुस २०८२, बिहिबार

लियो क्लब अफ हेमजाको आयोजनामा मनाइयो टोपी दिवस

प्रकाशित मिति :  2 January, 2023 11:28 am


हेमजा ।’हाम्रो सानः हाम्रो मानः नेपाली टोपीलाई सम्मान ’ भन्ने मूल नाराका साथ लियो क्लब अफ हेमजाको आयोजनामा आइतबार हेमजामा अन्तर्राष्ट्रिय ढाका टोपी दिवस मनाएको छ ।

स्थानीय प्रगतिचोकबाट मिलनचोकसम्म सहभागीले टोपी लगाई सद्भाव र्याली निकालेका थिए । र्याली मिलनचोक पुगेर कोणसभामा परिणत भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लियो क्लब ३२५ जे नेपालका उपाध्यक्ष लियो बिष्णु प्रसाद दाहालले नेपाली टोपीले सगरमाथाको जस्तै विश्वमा नेपालीको शिर उच्च बनाएको बताउनुभयो । उहाँले टोपीको पहिचान जोगाउन युवाले आ – आफ्नो ठाउँबाट सक्दो योगदान दिनुपर्नेमा जोड दिनु पर्ने बताए ।

लियो क्लब ३२५ नेपालका सह–कोषाध्यक्ष लियो बिजय त्रिपाठीले ढाका टोपी नेपालीको पहिचान भएको उल्लेख गरे । लियो क्लब अफ हेमजाका संस्थापक सदस्य ई। आशिष बाँस्तोलाले स्वदेश तथा विदेशमा रहेका नेपालीले यो दिवसलाई सभ्य र भव्य रुपमा मनाउँदै आएको उल्लेख गरे । उक्त अवसरमा सदस्य लियो रुबिना कुँवरले सांगीतिक प्रस्तुति राखेकी थिइन् ।

क्लबका प्रथम उपाध्यक्ष लियो मनोज त्रिपाठीले स्वागत गरि सुरु भएको कार्यक्रममा ध्वजाको अभिवादन लियो श्रृङखला त्रिपाठी साथै लियो प्लेज लियो अस्मिता त्रिपाठीले वाचन गरेकी थिइन् । सुस्मिता ब्यूटी कलेक्सनका प्रोपाइटर सुस्मिता गौतम तिमिल्सिनाले २५ थान टोपी सहयोग गरेको कार्यक्रममा कार्यक्रम संयोजक लियो दिवस बरालले धन्यवाद ज्ञापन गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !