२ माघ २०८२, शुक्रबार

बैंकको एटीएम फोड्दै गर्दा एकजना पक्राउ

प्रकाशित मिति :  2 January, 2023 2:25 pm


काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका ११ सतुगंलस्थित एनआइसी एसिया बैंकको एटिएम फोड्दै गरेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रागिरी नगरपालिका ७ चेकपोष्ट बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ७ घर भएका २८ वर्षीय प्रकाश मगरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

स्क्रुले उक्त बैंकको एटिएम खोलिरहेको अवस्थामा फेला पारी प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



प्रतिक्रिया दिनुहोस !