गुनासो नआउने गरी काम गर्न सबै जिल्लाका सीडीओलाई गृहमन्त्रीको निर्देशन
प्रकाशित मिति : 2 January, 2023 2:44 pm
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जनताबाट गुनासो नआउने ढंगले सेवा प्रवाह गर्न सीडीओहरुलाई निर्देशन दिएका छन् ।
आज ९पुस १८ गते० ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँगको छलफलमा गृहमन्त्री लामिछानेले उक्त निर्देशन दिएका हुन् ।
उनले शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना बनाएर काम गर्न पनि निर्देशन दिएका छन् ।
त्यस्तै, मन्त्री लामिछानेले सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न र राजश्व चुहावट नियन्त्रणमा पनि ध्यान दिन निर्देशन दिएका छन् ।








