१० पुस २०८२, बिहिबार

खिचातानी गरे संघीयता जोखिममा पर्छ : चौधरी

प्रकाशित मिति :  2 January, 2023 7:17 pm


देउखुरी । नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरी खिचातानी गरे संघीयता जोखिमा पर्ने खतरा रहेको बताएका छन् ।

लुम्बिनी प्रदेश सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै चौधरीले पहिलो चुनौती संघीयताको औचित्यता पुष्टि गर्नु रहेको बताए ।

उनले अवसरसँगै चुनौती रहेको बताए । अहिले संघीयता चाहिने र नचाहिने दुबै पक्ष रहेको भन्दै औचित्यताको पुष्टि गर्ने ठुलो चुनौती रहेको बताए ।

उनले भने,“हाम्रो काँधमा दुइवटा जिम्मेवारी छ । संघीयताको औचित्य कसरी पुष्टि गर्ने ? जनताको भवनालाई कसरी एकीकृत गरेर लैजाने ?”

उनले प्रदेशमा बनेका थुप्रै कानुन सबै लागु गर्न लायक छ कि छैन पुनरावलोकन गर्ने बेला आएको बताए ।

उनले भने,“ हामीले सुनेका छौं थुप्रै नियमकानुन पनि बनेका छन् । ती सबै लागु गर्न लायक छन् कि छैनन् ? ती नियम कानुन लागु ? भएको छ कि छैन । त्यो जनताको पक्षमा छ कि छैन । एक पटक पुनरावलोकन गर्ने बेला पनि आएको छ ।”



प्रतिक्रिया दिनुहोस !