१० पुस २०८२, बिहिबार

गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

प्रकाशित मिति :  3 January, 2023 10:42 am


काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-८ गोल्फुटारमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

सोमबार बेलुकी बा४४प २४२२ नम्बरको मोटरसाइकल दुर्घटनामा परी सप्तरीको बोदेबर्साइन नगरपालिका ३ घर भई हाल गोल्फुटार बस्ने १९ वर्षीय स्वयत कुमार साहको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते साहको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा राति सवा ९ बजे मृत्यु भएको थियो । मोटरसाइकलमा तीन जना सवार रहेकोमा दुई जना भने सकुशल रहेका प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !