प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रमुख सचेतक रमेश लेखक
प्रकाशित मिति : 3 January, 2023 1:48 pm
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको प्रमुख सचेतक रमेश लेखक बनेका छन् ।
पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले लेखकलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
लेखकलाई नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा ९१० बमोजिम संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।
“नेपाली कांग्रेस सभापति तथा संसदीय दलका नेता माननीय शेरबहादुर देउवाज्यूले नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (१) बमोजिम प्रतिनिधिसभा सदस्य माननीय रमेश लेखकज्यूलाई प्रतिनिधिसभाको मुख्य सचेतक पदमा मनोनयन गर्नुभएको छ,” विज्ञप्तिमा उल्लेख छ ।
लेखक कञ्चनपुर क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद हुन् ।








