१० पुस २०८२, बिहिबार

सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिँदै सत्ता साझेदार

प्रकाशित मिति :  5 January, 2023 9:09 am


काठमाडौं । सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने भएका छन्। आज सत्तारुढ दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी गरेको छ ।

बुधबार बालुवाटारमा बसेको बैठकले आम नागरिकसँग सरोकार राख्ने, जनताको मन छुनसक्ने, भ्रष्टाचार नियन्त्रण, जनजीविकाका सवाल तथा अन्य नीतिगत सवालमा केन्द्रित रहेर सरकारको न्यूनतम कार्यक्रम ल्याउने निर्णय गरेको थियो।

सरकारको न्यूनतम कार्यक्रम ल्याएर सरकारले संसद्‌बाट विश्वासको मत ल्याएपछि मात्रै मन्त्रिपरिषद् विस्तार हुने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए । लामिछानेका अनुसार बिहीबार मस्यौदा तयार गरिने र शुक्रबारसम्म सार्वजनिक गरिने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस !