१० पुस २०८२, बिहिबार

सिदार्थनगर नगरपालिकाले ट्रकमा साँढेलाई घिसारे पछि विरोध

प्रकाशित मिति :  5 January, 2023 9:42 am


रुपन्देही । रुपन्देहीको सिदार्थनगर नगरपालिकाले छाडा पशुचौपाया नियन्त्रण गर्न भन्दै गाई, गोरू, साँढेलाई घिसार्दै लगेपछि विरोध भएको छ।

सिदार्थनगरपालिकाको नगर प्रहरीको गाडीमा डोरीले गोरूलाई बाँधेर रक्ताम्य हुने गरी घिसार्दै लगिएका फोटा सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै नगरपालिकाको आलोचना भइरहेको छ।

छाडा चौपाया नियन्त्रण गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै स्थानीयले विरोध गरेका छन्। स्थानीय युवाहरुले बुधबार साँझ नगरपालिका कार्यालय अगाडि नाराबाजीसमेत गरेका थिए।

रुपन्देहीमा छाडा छाडिएका पशुचौपायाका कारण सडकमा दुर्घटना बढेको र हिड्न असहज भएको भन्दै स्थानियले नगरपालिका परिसरमा छाडा चौपाया हुलेपछि नगरपालिकाले पशुचौपाया नियन्त्रण अभियान सुरू गरेको थियो।



प्रतिक्रिया दिनुहोस !