५ जेष्ठ २०८१, शनिबार

सालझण्डीबाट खुर्साने जाँदै गरेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु, १६ जना घाइते

प्रकाशित मिति :  6 January, 2023 8:06 am


रुपन्देही । पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बिहीबार रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस सालझण्डी–ढोरपाटन सडक खण्डको मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो ।

बस दुर्घटना खुर्साने गाउँका ५४ वर्षीया खिमकुमारी राना, ३३ वर्षीया निर्मला घिमिरे, ११ वर्षीया सुरुमा घिमिरे, २१ वर्षीया दानकुमारी खत्री, ४५ वर्षीया गुनी गाहा र १९ वर्षीया विमा पाण्डे रहेका रैनादेवी छहरा गाउँपालिका वडा नं। ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए । मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा छन् ।

ग १ ख ४९७७ नम्बरको बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेर दुर्घटना भएको प्रहरी चौकी जुठापौवाका बरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका अन्य १६ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए । घटनास्थल रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।



प्रतिक्रिया दिनुहोस !