५ जेष्ठ २०८१, शनिबार

पाल्पामा भएको बस दुर्घटनाप्रति प्रधानमन्त्री प्रचण्डद्वारा दु:ख व्यक्त

प्रकाशित मिति :  6 January, 2023 9:18 am


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले आज बिहान ट्वीट गर्दै उक्त अपिल गरेका हुन् ।

घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सार्वजनिक यातायात सुरक्षित र मर्यादित तुल्याउन भुमिका खेल्न सबैमा अपिल गरेका छन् ।

बिहिबार राति रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुर्साने जाँदै गरेको यात्रुबहाक बस सालझण्डी–ढोरपाटन सडक खण्डको मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । दुर्घटना १६ जना घाइते भएका छन् ।



प्रतिक्रिया दिनुहोस !