५ जेष्ठ २०८१, शनिबार

पृथ्वी जयन्तीको दिनमा भीरकोट नगरपालिकाले सार्वजनिक बिदा दिने

प्रकाशित मिति :  6 January, 2023 4:45 pm


काठमाडौँ । पृथ्वी जयन्तीको दिन स्याङ्जाको भीरकोट नगरपालिकाले सार्वजनिक बिदा दिने भएको छ। विश्व हिन्दु युवा संघ स्याङ्जाले भीरकोट नगरपालिकाका प्रमुख गोविन्द कुमार कर्माचार्य र नगर प्रवक्ता वडा नम्बर १ का अध्यक्ष दिपेन्द्र केसीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाउँदै पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिन एवं विविध कार्यक्रम गरी मनाउन आग्रह गरेको थियो।

ज्ञापन पत्र बुझ्दैँ भीरकोट नगर प्रमुख कर्माचार्यले पृथ्वीनारायण शाहले गरेको योगदान हामीले भुल्न नहुने र उनले गरेको कामको हामीले प्रसंशा गर्न पछि पर्न नहुने बताएका थिए।

उनले भीरकोट नगरपालिकाले यस वर्ष पनि उनको योगदानलाई सम्झँदै सार्वजनिक बिदा दिने प्रतिबद्धता व्यक्त गरेका थिए। विश्व हिन्दु युवा संघ स्याङ्जाको पहलमा अघिल्लो बर्ष स्याङ्जाका ७ पालिकाले सार्वजनिक बिदा र विभिन्न कार्यक्रम गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !