५ जेष्ठ २०८१, शनिबार

विराटनगरमा १ सय २५ लिटर घरेलु मदिरा प्रहरीद्वारा नष्ट

प्रकाशित मिति :  6 January, 2023 5:11 pm


काठमाडौँ । विराटनगर महानगरपालिकाको वडा नम्बर १२ मा घरेलु मदिरा बनाउने भट्टीमा छापा मारेर प्रहरीले ठूलो परिमाणमा रक्सी बनाउने कच्चा पदार्थ र मदिरा बरामद गरेको छ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार शुक्रबार घरेलु मदिरा बनाउने २ हजार ८ सय ८० लिटर कच्चा पदार्थ, तयारी मदिरा १२५ लिटर र मदिरा बनाउने भाडाका सामानहरू ३१ थान बरामद गरेको हो ।

बरामद गरेको सामान अन्दाजी २ लाख ४४ हजार ९७० मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !