५ जेष्ठ २०८१, शनिबार

ट्याक्टरको ठक्करबाट घाइते अर्घाखाँचीका चन्द्रबहादुर नेपालीको निधन

प्रकाशित मिति :  7 January, 2023 4:05 pm


सांकेतिक तस्विर

अर्घाखाँची । ट्याक्टरको ठक्करबाट घाइते अर्घाखाँचीको सन्धिखर्क नगरपालिका १ तुम्कोटका चन्द्रबहादुर नेपालीको उपचारका क्रममा निधन भएको छ ।

६८ वर्षिय नेपालीको उपचारको त्रममा भैरहवा मेडिकल कलेजमा मुत्यु भएको हो ।

बिहीबार सन्धिखर्कदेखि तुम्कोट जाने त्रममा लु २ त १७६३ नम्बरको ट्याक्टरले लु ११ प ५५८० नम्बरको नेपाली चढेको मोटरसाईकललाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

घाइते नेपालीको उपचारका क्रममा हिजो निधन भएको प्रहरीले जनएको छ ।

ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिई थप अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा सूचना अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !