५ जेष्ठ २०८१, शनिबार

दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर १० बर्षीय बालक बेपत्ता

प्रकाशित मिति :  8 January, 2023 8:16 am


सांकेतिक तस्विर

काठमाडौं । दार्चुलामा तुइनबाट महाकाली नदीमा खसेर एक बालक बेपत्ता भएका छन्।

ब्यास गाउँपालिका वडा नम्बर ४ डोकट गाउँ नजिकै महाकाली नदीमा रहेको तुइनबाट खसेर १० वर्षीय बालक दीपेन्द्र बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत मगरका अनुसार बालक बिहीबार बिहान तुइन तर्ने क्रममा बेपत्ता भए पनि शनिबार मात्र खबर प्राप्त भएको जानकारी दिए ।

ब्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीका अनुसार तुइनबाट खसेका बालक ब्यास गाउँपालिका वडा नम्बर ४ को खाल्नगर गाउँका भएको उनको खोजी कार्य जारी रहेको बताए।

प्रहरीका अनुसार बिहीबार बिहान बालककी आमा तुइनमार्फत खर काट्न सिमा पारी पुगेको र बालक पनि आमा पछ्याउँदै जाँदा तुइनबाट खसेर बेपत्ता भएका थिए । बेपत्ता बालक कक्षा ४ मा पढ्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस !