१० पुस २०८२, बिहिबार

प्रधानमन्त्री प्रचण्डसँग नेपाल र यादवको भेट

प्रकाशित मिति :  8 January, 2023 12:23 pm


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन् ।

सिंहदरबारस्थित नेकपा ९माओवादी केन्द्र० को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग दुई शीर्ष नेताले भेट गरेका हुन् ।

भेटपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले भेटमा दुई राजनीतिक दलहरु सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताए । उनले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र दुई नेताहरु सकारात्मक रहेको बताए ।

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले भने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताए । उनले पार्टीले प्रधानमन्त्रीलाई समर्थन गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै छन् ।



प्रतिक्रिया दिनुहोस !