प्रदेश १ का मुख्यमन्त्री कार्कीको शपथ ग्रहण आज
प्रकाशित मिति : 9 January, 2023 8:48 am
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पद तथा गोपनियताको शपथ ग्रहण लिँदैछन् । कार्कीले आज दिउँसो शपथ लिने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
आइतबार साँझ प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्की झापा ५ को प्रदेश निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन्।
कार्की प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन्।
मुख्यमन्त्री कार्कीले आजै सानो आकारको मन्त्रीमण्डल विस्तार गर्नेछन् ।








