१६ चैत्र २०८०, शुक्रबार

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिने

प्रकाशित मिति :  10 January, 2023 7:57 am


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत लिने भएका छन्। आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा प्रचण्डले विश्वासको मत लिने भएका हुन् ।

नेपालको संविधानको धारा ७६ (२) अनुसार नियुक्त प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्थाअनुसार मंगलबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।

प्रचण्ड ७ दलको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले गरी १६९ सांसद्ले समर्थन गरेका थिए । विश्वासको मतका लागि १३८ सांसद्को समर्थन चाहिन्छ।



प्रतिक्रिया दिनुहोस !