प्रतिनिधि सभा बैठक १ बजेका लागि सर्यो
प्रकाशित मिति : 10 January, 2023 10:37 am
काठमाडौं । आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक सरेको छ। बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजेका लागि सारिएको हो।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्ने निर्णयबारे नेपाली कांग्रेसको बैठक जारी रहेपछि प्रतिनिधि सभा बैठक सारिएको हो । सात दलको समर्थनमा गत पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले आजको हुने बैठकमा विश्वासको मत लिंदैछन् ।
नेपालको संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था रहेको छ ।








