१० पुस २०८२, बिहिबार

लोसपाले पनि प्रधानमन्त्री ‘प्रचण्ड’लाई विश्वासको मत दिने

प्रकाशित मिति :  10 January, 2023 10:55 am


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने निर्णय गरेको हो ।

लोसपा अध्यक्ष ठाकुरले आज हुने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए।

पुस २४ गते बसेको लोसपाको कार्य समितिको बैठकले विश्वासको मत दिने नदिने बारे निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको थियो ।



प्रतिक्रिया दिनुहोस !