राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई सम्मान गर्दा कसैले हिनताबोध गर्नु हुँदैन : अध्यक्ष लिङदेन
प्रकाशित मिति : 10 January, 2023 3:11 pm
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिने भएको छ ।
मंगलवार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष लिङदेनले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएका हुन् । सरकारले न्युनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने उनको भनाई थियो ।
उनले राष्ट्र निर्माता पृथ्वी नारायण शाहलाई सम्मान गर्ने कुरामा कसैले पनि हिनताबोध गर्नु नहुने बताए । उनले देशका गौरवशाली इतिहासको सम्मान गर्नेकुरा पछि फर्किएको नहुने बताए ।
उनले पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभइ सबै देशको भएको बताए ।








