५ जेष्ठ २०८१, शनिबार

उच्च पहाडमा हल्का हिमपात र तराईमा बाक्लो हुस्सुको सम्भावना

प्रकाशित मिति :  11 January, 2023 8:09 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहेको छ भने तराईका केही भू-भागमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। राती सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना तथा तराईका केही भू-भागहरूमा बाक्लो हुस्सु लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।



प्रतिक्रिया दिनुहोस !