प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जादैँ प्रधानमन्त्री प्रचण्ड
प्रकाशित मिति : 11 January, 2023 8:20 am
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज गोरखा जाने भएका छन् । उनी प्रधानमन्त्री भएपछि पहिलो पटक गोरखा जान लागेका हुन् । उनले मंगलबार (हिजो) संसदमा विश्वासको मत पाएका थिए ।
प्रधानमन्त्री प्रचण्ड आजबाट हरटारीमा सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन्।
यसैबीच प्रधान सेनापति प्रभुराम शर्मा पनि बुधबार गोरखा आउँदै छन् । गोरखा नगरपालिका–६, ठूलो आँगनमा निर्मित पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि उनी गोरखा जान लागेका हुन्।








